९ भदौ, प्युठान । प्युठानमा सशस्त्र प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. २ साढेखोला निवासी ३५ वर्षीय वरिष्ठ प्रहरी हवल्दार द्रोर्णकुमार विष्टको लडेर मृत्यु भएको हो ।
प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार विष्ट सशस्त्र प्रहरी बल नं. १६ गण सिन्धुपाल्चोकमा कार्यरत थिए । घर बिदामा आएका विष्टको सोमबार बिहान अन्दाजी साढे १० बजेतिर आफ्नै घरको शौचालय जाने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको एसएसपी बैदवारले बताए ।
घटनाबारे इलाका प्रहरी कार्यालय विजुवार प्युठानले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजुवार प्युठानले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस