९ भदौ, महोत्तरी । कोरोना भाइरसको संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मनरा सिस्वा नगरपालिका–३ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका–३ का ७७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका वृद्धलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारबाट फर्किएका बृद्धमा पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको हो ।
यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको छ । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस