समाचार

कैलालीमा मृत्यु भएको १० दिनपछि कोरोना पुष्टि

covid 19 dead body

९ भदौ कैलाली । कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएपछि उनको शव भदौ १ गते उनका आफन्तले घर ल्याएका थिए । उनको शव घर ल्याउने क्रममा बाटोमै संकलन गरिएको थियो ।

झाडापखालाका कारण मृत्यु भएका उनको अन्त्येष्टिमा १५० जना मलामी गएको स्थानीयको अनुमान छ । अहिले उनीहरुको खोजी भइरहेको छ ।

मृतकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको बुधवार स्वाब परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ । उनी राजनैतिक दलका कार्यकर्ता भएको स्रोतले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस