समाचार

आज देखि गल्छी गाउँपालिकाले लगायो निषेधाज्ञा

nisedhagya

१० भदौ, धादिङ । गल्छी गाउँपालिकाले आज (बुधबार) देखि १६ गते सम्म गाउँपालिका भित्र निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै गाउँपालिका भित्र संचालित अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका भित्र कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवा बाहेकका सबै सेवालाई १६ गते सम्म संचालन नगर्न पनि गाउँपालिकाले अपिल गरेको छ ।

गाउँपालिका भित्र रहेका बित्तिय संस्थालाई पनि हप्ताको दुई दिनमात्रै संचालन गर्न आग्रह गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस