१० भदौ, काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख १९ हजार छ सय ९ पुगेको छ ।
यसैगरी विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड ३९ लाख ३ हजार ८ सय ७० पुगेको छ ।
कोरोना संक्रमणको महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ५७ लाख ७९ हजारभन्दा धेरै छ । मृतकको संख्या १ लाख ७८ हजार ५ सय २४ छ ।
प्रतिक्रिया दिनुहोस