१० भदौ, विराटनगर । मोरङमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ६ वटा स्थानीय पालिकाले लकडाउन थप एक साता लम्ब्याएका छन् ।
मोरङको रंगेली नगरपालिकामा भएको छलफलपछि ६ वटा स्थानीय पालिकाले बुधबारदेखि लागु हुनेगरी एकसाता अत्यावश्यक सेवाबाहेक बजार र यातायात बन्द गर्ने निर्णय गरेका हुन् ।
रतुवामाई, सुनबर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एकसाता लकडाउन थप गर्ने निर्णय भएको रंगेली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।
बैठकले विहान १० बजेसम्म तरकारी तथा दुग्धजन्य वस्तुको बिक्री र पसल सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । बजार पसल खुला नगर्ने, अत्यावश्यक बाहेक सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस