१० भदौ, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा राखिएका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ । १३ जनामध्ये ५ जना बुधबार नै छुटेको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी खड्क बहादुर खत्रीले बताए ।
डिएसपी खत्रीका अनुसार थुनुवामा संक्रमण पुष्टि भए लगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ । थुनुवालाई स्थानीय तहसँग समन्वय गरी आइसोलेसनमा पठाइने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।
मंगलबार मुख्यमन्त्री शंकर पोखरेलका सुरक्षामा खटिएका ३ जना प्रहरीमा पनि संक्रमण देखिएको थियो । प्रदेश पाँचमा कोरोना संक्रमण समुदाय स्तरमै तीव्र रुपमा फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस