समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

cloudy weather

११ भदौ, काठमाडौं । आज पनि देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडी वाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

अहिले देशका धेरै ठाउँमा सामान्य बदली भइ बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज  राति पनि सामान्य बदली भई बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई  ठाउँमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस