११ भदौ, काठमाडौं । सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) पुनः प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर पुन: जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
कोरोना भाइरसका कारण गत चैतदेखि सरकारले विद्यार्थीलाई नो अब्जेक्सन लेटर वितरण गरेको थिएन । अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो ।
प्रतिक्रिया दिनुहोस