१२ भदौ, काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मी/कर्मचारीलाई धम्की दिने, दुर्व्यवहार गर्ने तथा घर/डेरा जान अवरोध पुर्याउनेमाथि कारबाही गर्न निर्देशन दिएको छ ।
केही दिन अघि मात्र बानेश्वरमा आइसोलेसनमा बस्दै आएका चिकित्सकलाई त्यहाँबाट हटाउनुपर्ने भन्दै विरोध गरिएको थियो भने चितवन, मोरङ लगायतका जिल्लामा अवरोधका घटना भएका थिए ।
शुक्रबार गृह मन्त्रालयले एक जारी विज्ञप्ति जारी गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।


