१३ भदौ, धनगढी । कैलालीमा जारी निषेधाज्ञा पाँच दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यही भदौ १९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।
प्रशासनले यसअघि जारी गरेको १० दिनको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै थियो । कोरोना संक्रमण फैलने जोखिम बढिरहेकाले निषेधाज्ञालाई थप पाँच दिन लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि भदौ ४ गतेदेखि जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस