समाचार

डा. गोविन्द केसीमाथि गैरमानवीय कार्य नगर्न चिकित्सक संघको माग

dr kc

१३ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीमाथि प्रशासनबाट गैरमानवीय कार्य भएको भन्दै आपत्ति जनाएको छ । मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई घेरामा राख्ने, हिँड्न नदिने लगायत कार्य तत्काल रोक्न संघले सरकारसँग माग गरेको हो ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरूसँग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य भइरहेको जनाएको छ ।

डाक्टर केसीलाई बुधबार प्रहरीले घेराबन्दी गर्दै भित्र-बाहिर गर्न दिएको थिएन । केसी साउन ११ गतेदेखि जुम्लामा छन् । उनी दुर्गमका जनताको घर-घरमा पैदल हिँडेरै स्वास्थ्य सेवा दिइरहेका छन् । उनी विभिन्न चार बुँदे माग राख्दै सत्याग्रहको तयारीमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस