भारतबाट फर्किएका पुरुषको बाटैमा बेहोस भएर मृत्यु

१३ भदौ, धनगढी । भारतबाट फर्किएका बेला एक्कासी बाटोमै बेहोस भएका एक पुरुषको मुत्यु भएको छ ।

भारतको राजस्थानबाट फर्किएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ लिडिका ५२ वर्षीय लोकबहादुर रावल धनगढीको मोहनापुलमा बेहोस भएका थिए ।

क्षयरोगको समस्या रहेका रावललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक रावलको कोरोना परीक्षणका लागि स्वाब लिइएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कोरोना परीक्षण रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने छ ।

एनएमबि न्यूज