१५ भदौ, काठमाडौं । रौतहटको पुजारीको हत्या अभियोगमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल रहेका छन् । भारत बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनिहरुलाई पक्रेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।
माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको भदौ ३ गते राति हत्या भएको थियो । खाना खान लागेका पुजारीको गोली हानी हत्या भएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा पुजारीको हत्या धार्मिक कारण नभएको देखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस