१६ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएपछि वीर अस्पतालले मगंलबार (भदौ १६ गते) सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ ।
अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी संक्रमित छन् भने ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको छन् । संक्रमित स्वास्थ्यकर्मीहरुको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ।
जसले गर्दा बिरामीको उपचारमा खटिने जनशक्तिको कमी हुँदै गइरहेको छ । संक्रमित स्वास्थ्यकर्मी सबैको अहिले वीर अस्पतालमा उपचार भइरहेको निर्देशक डा। केदारप्रसाद सेञ्चुरीले बताए ।
ल्याबका ६ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ल्याब सेवा बन्द गरिएको जनाइएको छ । कोरोना संक्रमणकै कारण जनशक्ति अभाव भएपछि वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन् ।
प्रतिक्रिया दिनुहोस