१६ भदौ, काठमाडौं । एसिड आक्रमणकी पीडित मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् । खातुनले मंगलबार बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
गत वर्ष मुस्कानमाथि एसिड आक्रमण भएको थियो । एसिड आक्रमणका अपराधीमाथि कडा कारबाही र पीडितको पुनस्र्थानाका विषयमा बहस भइरहेकाबेला खातुनले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।
नेपालमा पछिल्ला वर्षहरुमा एसिड आक्रमणका घटनाहरु बढिरहेका छन् । हालै ओखलढुंगाकी एक युवतीमाथि गंगबु क्षेत्रमा एसिड आक्रमण भएको थियो । उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस