२० भदौ, काभ्रे । काभ्रेको धुलिखेल अस्पतालमा महोत्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट बर्दिबासका ७६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि ती पुरुष १५ दिनअघि अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस