राजनीति

नेमकिपाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

prem suwal

२० भदौ, भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेर परीक्षण गराउँदा आज कोरोना संक्रमण पोजिटिभ भएो रिपोर्ट आएको सुवालले जानकारी दिए ।

“एकजना साथीलाई पोजिटिभ रिपोर्ट आएछ, कन्ट्याक्ट ट्रेसिङमा ४५ जनाको परीक्षण गर्दा मसहित ३ जनाको रिपोर्ट पोजिटिभ आयो”, उनले भने । अन्य केही लक्षण नदेखिएको तर केही कमजोरी महसुस भएको जस्तो उनले बताए ।

लक्षण नदेखिएकाले होम आइसोलेसनमै बसिरहेको सुवालले जानकारी दिए । उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस