समाचार

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

२२ भदौ, विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ । कोसी अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा सोमबार संक्रमित पुरुषको मृत्यु भएको हो ।

उनी विराटनगर महानगरपालिका वडा नम्बर १० निवासी हुन् । ७६ वर्षीय पुरुषको बिहान सबा ३ बजे उपचारको क्रममा मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताएका छन् ।

उनी  होम आइसोलेसनमै रहंदा स्वास्थ्य समस्या देखिएपछि परिवारले शनिबार अस्पताल भर्ना गरेका थिए । उनमा गत भदौ ११ गते संक्रमण पुष्टि भएको थियो ।

मृतकमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ । विराटनगरमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस