२५ भदौ, काठमाडौं । उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, बिहीबार नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३१७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस