आज ११ सेप्टेम्बर । सन् २००१ मा अमेरिकामा भएको हमलालाई संसारकै ठूला आतङ्ककारी हमलामध्ये एक मानिन्छ ।अमेरिकी इतिहासमा सेप्टेम्बर ११ कालो दिनका रुपमा परिचित छ । यस दिन बिहानै अल कायदाका १९ आतंकवादीले अमेरिकामा चार वटा विमान अपहरण गरेका थिए ।
अपहरण गरिएको विमानमध्ये दुई वटा विमान विश्वप्रसिद्ध जुम्ल्याहा भवन वर्ल्ड ट्रेड सेन्टरमा, एउटा विमान पेन्टागनमा ठोक्काइएको थियो । अर्को विमान ह्वाइट हाउसमा ठोक्काउने प्रयास गर्दा खसेको थियो। चारै विमानमा रहेका र भवनमा समेत रहेका गरी दुई हजार ९९६ जनाको मृत्यु भएको थियो ।
घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो । अल कायदाका नेता ओसामा विन लादेन २०११ मे २ मा अमेरिकी आक्रमणमा पाकिस्तान मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस