२६ भदौ, काठमाडौं । पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार (आज) बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
तर ती पुरुष कुन रोगका बिरामी थिए भन्ने कुरा भने स्वास्थ्य कार्यालय ललितपुरले खुलाएको छैन । मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस