२६ भदौ, काठमाडौं । लामो समयदेखि चर्चा र वहसमा रहेको अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई परिमार्जनसहित अनुमोदन गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ ।
शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस