२७ भदौ, काठमाडौं । छिल्लो २४ घण्टामा उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३७७, भक्तपुरका १७ र ललितपुरका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२ पुगेको छ । संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट ३३६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस