२८ भदौ, रामेछाप । ११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप दोरम्बा गाउँपालिका–१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले गत जेठ ५ गते ती बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी काभ्रेपलाञ्चोककी १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा महाभारत गाउँपालिका १ बस्ने २१ वर्षीय शिशिर योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ । योञ्जनले बालिकालाई जवरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस