लमही–घोराही सडकखण्ड भास्सियो, एकतर्फी सवारी सन्चालन

२८ भदौ, दाङ । दाङको लमही–घोराही सडकखण्ड भासिएपछि एकतर्फी मात्रै सवारी सञ्चालन गरिएको छ ।

लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गए जसरी भत्किएको छ । साथै सडकमा चिरा परेका छन् ।

दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सञ्चालन गरिएको छ । सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको छ । सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सञ्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

एनएमबि न्यूज