समाचार

श्रीमती लिन ससुराली गएका ज्वाइँको कुटेर हत्या, ससुरासहित पाँच जना पक्राउ

kutpit

२८ भदौ, काठमाडौं । बाँकेमा आफ्नै ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित पाँच जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नेपालगञ्जस्थित नर्सिंङहोममा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस