२८ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।
यस्तै, आइतबार नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ । संक्रमितमध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस