२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।
‘२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु । भौगोलिक सम्वेदनशीलताको अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु,’ उनले ट्वीटरमा लेखेकी छन् ।
प्रतिक्रिया दिनुहोस