२९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार विभिन्न प्रयोशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएक छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, सोमबार नेपालमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३६० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस