२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नै नियुक्त गर्न माग गर्दै माइतीघरमा युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार साँझ युवाहरूले माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।
युवाहरुले ‘कुलमान घिसिङलाई पुनः नियुक्ती गर, मनपरीतन्त्र मुर्दावाद, सालाहरुलाई नियुक्त गर्न पाइँदैन, साला-सम्धी खारेज गर’, लगायतका नाराहरु लगाएका छन् । त्यस्तै युवाहरुले एमसीसी खारेज गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस