समाचार

झापामा तीन घण्टादेखि भारी वर्षा, १२ बजेसम्म सतर्क रहन ‘अलर्ट’ जारी

Heavy Rain

३० भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी आसपास भारी वर्षा भएकाले सतर्क रहन आग्रह गरेको छ।

विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आफ्नो ट्विटरमार्फत पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी आसपास अति ठूलो वर्षा भएको, झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्यम-ठूलो वर्षा भएको जानकारी दिएको हो।

यसकारण मेची, विरिङ, निन्दालगायत सीमा आसपासका साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन सुझाव दिइएको छ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस