३० भदौ, पोखरा । गण्डकी प्रदेशमा थप ४७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एक/एकजना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको छ।
प्रतिक्रिया दिनुहोस