खेलकुद समाचार

सन्दीप आईपीएल खेल्न यूएई पुगे

sandip lamichhane

३० भदौ, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी खेल्न सोमबार राति यूएई पुगेका छन् । सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध छन् । उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप यूएई गएका हुन् । सीपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । कुल ११ खेल खेलेका सन्दीपले १२ विकेट लिएका थिए । यूएई पुगेपछि सन्दीप आफू सेल्फ क्‍वारेन्टिनमा बसेको बताएका छन् ।

यो सिजन आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदैछ । आईपीएल यूएईमा आयोजना गर्न लागिएको हो । सन्दीपको टिम दिल्लीले पहिलो खेल किङ्स इलाभेन पन्जाबसँग खेल्दै सुरु गर्नेछ । दुई टोलीबीचको पहिलो खेल सेटेम्बर २० मा हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस