३० भदौ, काठमाडौं । हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकको लागि कार्तिक १ देखी नेपाल आउन अनुमति दिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै सो प्रयोजनका लागि नेपाल आउन चाहने पर्यटकलाई आवागमन खुला गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेपाल आउन चाहन विदेशी पर्यटकले सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गर्नुपर्ने उनले बताए ।

