३० भदौ, दाङ । दाङमा करेन्ट लागेर तीन जना बालबालिकाहरुको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका १० काे उत्तरअम्राईमा पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट सर्दा तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ४ वर्षीया रेणुका चौधरी, ८ वर्षीय प्रशान्त चौधरी र ३ वर्षीय अमृत चाधैरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस