३१ भदौ, मुस्ताङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको भीषण बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । बेनी-जोमसोमसडक खण्डको रुप्से अन्तर्गतको रुप्से छहरामा राति अबिरल बर्षाका कारण गएको भीषण पहिरोले सडकखण्ड नै अवरद्ध बनाएको हो ।
मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ । रुप्से छहराको बहाव बढेर आउदा अस्थायी रुपमा बनाएको सडकको ट्र्याक समेत नरहेने गरि बगाएको छ । सडक पुनः सञ्चालनमा आउन अझै १० दिन बढी लाग्ने बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।
सडक अवरुद्ध हुँदा पोखरा देखी मुस्ताङ हिडेका र मुस्ताङदेखी पोखरा लगायतका सहरहरुमा हिडेका मालबाहक सवारीसाधनहरु अलपत्र परेका छन् ।
