३१ भदौ, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका-७ की एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ ।
मंगलबार बेलुका ७ बजे समयमा मुर्कुची बजारबाट घर फर्कंदै गरेकी ६० वर्षीया तिलमाया पुलामी मगरको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

