३१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली नहट्ने भएको छ ।
उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् । सोही अनुसार कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन ।
यससँगै प्रशासनले यसअघि लागू गरेको बार अनुसार पसल खोल्ने व्यवस्था हटाइएको छ । अब जुनसुकै दिन पनि पसल, व्यवसाय सञ्चालन हुनेछन् । तर, सवारीसाधनमा लागू भएको जोर–विजोर प्रणाली भने कायमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस