Advertisement

भारतमा ३८२ कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

१ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ३८२ स्वास्थ्यकर्मीको मृत्यु भएको छ । इन्डियन मेडिकल एसोसिएसन (आईएमए) को बुधबारसम्मको तथ्यांकअनुसार ३८२ स्वास्थ्यकर्मीको कोरोनाबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा २७ वर्षदेखि ८५ वर्षसम्मका स्वास्थ्यकर्मी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  तथ्यांकअनुसार २ हजार २३८ चिकित्सक कोरोना भाइरस संक्रमित भएका छन् ।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म भारतमा ५० लाख २० हजार बढी मानिस संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये ८२ हजार ६६ को मृत्यु भइसकेको छ । त्यस्तै ३९ लाख ४२ हजार बढी निको भएका छन् ।