१ असोज, चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज बिहान साढे ४ बजेतिर पहिरो खसेपछि सडकखण्ड बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ ।
सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधवार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस