२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई हजार २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । संक्रमितमध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३९० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस