२ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा भोलि (असोज ३ गते) युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफूहरुको पहलमा युएई सरकारले शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको जनाएको छ ।
गत वर्ष संविधान दिवसको अवसरमा सो भवनमा पहिलाे पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो ।
यस भवनको उचाई ८२९.८ मिटर छ । दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको हो । याे भवन १६३ तलाकाे छ ।
प्रतिक्रिया दिनुहोस