३ असोज, सिन्धुली । सामान्य कासको छाप्रोमा जीवनयापन गरिरहेका सिन्धुलीको दुधौली नगरपालिकाका ३ सय ५५ मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेशको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा दुई वर्षअघिदेखि निमार्ण थालिएको एकिकृत मुसहर बस्ती शुक्रवार एक कार्यक्रमका विच बागमति प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले हस्तान्तरण गरेका हुन् ।
जनता आवास कार्यक्रमअन्तर्गत दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ९, १० र ११ मा गरी तीन सय ५१ घर निर्माण भएका छन् भने चार घर निर्माणको अन्तिम चरणमा छन् । संघीय र प्रदेश सरकारको लगानीमा घर निर्माण भएका हुन् ।
संविधान दिवसको अवसरमा संघीय सरकार र प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको जनता आवास कार्यक्रमअन्तर्गत घरहरू हस्तान्तरण गरिएको मुख्यमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस