समाचार

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

chandrama rai

३ असोज, काठमाडौं । हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ३ बजे उनको निधन भएको हो ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो । सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएकी उनलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । पारिवारिक स्रोतका अनुसार उनमा जन्डिस र रक्तचापको समस्या देखिएको थियो ।

उपाध्यक्ष राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्यसमेत हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस