समाचार

डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

Shashanka Koirala

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला स्वास्थमा सुधार आएको छ । स्वास्थ्यमा क्रमिक सुधार आएसंगै उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अस्पताल भर्ना भएका थिए । चावहिलस्थित ओम अस्पतालमा उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै डिस्चार्ज भएका हुन् ।

उनले सामाजिक सञ्जालमा आफू अस्पतालबाट डिस्चार्ज भएको भन्दै स्वास्थ्य अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा प्रकट गर्न महानुभाव र उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । उनी चिकित्सकको सुझाव अनुसार होम आइसोलेसनमा बस्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस