४ असोज, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । संक्रमितमध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस