४ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ । ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो ।
डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा अनसन बसेका छन् । यो उनको १९ औं अनसन हो । स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई शनिबार राति प्रहरीले बलपूर्वक अस्पताल पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस