४ असोज, काठमाडौं । स्थानीय सरकारको कर भुक्तानी समेत अनलाइनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएस ई-पेमेन्टमार्फत बैंक खाताबाटै हुने सुविधा थालेको छ ।
धरान उपमहानगरपालिका यस्तो थालनी गरी उक्त सुविधा सञ्चालनमा ल्याउने पहिलो निकाय भएको छ । उक्त धरान उप–महानगरपालिकालाई कनेक्ट आइपीएस ई–पेमेन्टमा राष्ट्रिय वाणिज्य बैंकमार्फत आबद्ध गराइएको हो ।
यस सुविधासँगै करदाताले उप–महानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गरी कनेक्ट आइपीएस ई–पेमेन्ट मार्फत अन्लाइनबाटै भुक्तानी गर्न सक्नेछन् ।
साथै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ ।