समाचार

स्याङ्जामा एकैदिन ४८ जना फरार प्रतिवादी पक्राउ

syanga police

४ असोज, काठमाडौं । स्याङ्जाका विभिन्न ठाउँबाट ४८ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाभर एकसाथ गरिएको अप्रेसनबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

अदालतबाट अपराध पुष्टि भएपछि लुकेर बसेका कर्तब्यज्यान, हाडनाता करणी, लाागुऔषध, सवारी ज्यान, चेक अनादर र अंशवण्डा लगायत मुद्धामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ ।

स्याङ्जा हरिनाश गाउँपालिका–५ का ६४ बर्षीय कर्ण बहादुर भट्ट क्षेत्री उर्फ कर्ण बहादुर मह २३ बर्षपछि प्रहरीको फन्दामा परेका छन् । हाडनाता करणी गरेको पुष्टि भएपछि अदालतले उनलाई २३ बर्षअघि नै २ बर्ष जेल सजाय हुने फैसला गरेको थियो ।

चापाकोट नगरपालिका–४ बस्ने ४५ बर्षीय भक्त सुनारी मगर १५ बर्षदेखी फरार थिए । अदालतले उनलाई सवारी ज्यान मुद्धामा २ बर्ष कैद सजाय हुने फैसला गरेको थियो । भक्तलाई चापाकोटबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक बोगटीले बताए ।

डाँका चोरी मुद्धामा ६ बर्ष कैद हुने फैसला भएपछि विगत १० बर्षदेखी फरार थिए,  हरिनास गाउँपालिका–१ बस्ने लालबहादुर राम्जाली । ६२ बर्षिय राम्जालीलाई पनि प्रहरीले उनको घरबाट पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान संचालन गरेर स्याङ्जा प्रहरीले साउनमा मात्रै विभिन्न मुद्धाका ८३ जनालाई पक्राउ गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस